Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

हार्दिक धन्यवाद, सहानुभूति, वधाई तथा शुभकामना !

आदरणीय बेल्जियमवासी गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु !
२९ मे मा सम्पन्न गैर आवासीय नेपाली संघ, बेल्जियमको तेश्रो अधिवेशन र २६ जुनमा तेश्रो अधिवेशन अन्तर्गतको निर्वाचनलाई सफल पार्न हरतवरले सहयोग गुर्नहुने सम्पूर्ण एनआरएन बेल्जियमका महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । तपाईहरुको न्यानो माया, प्र्रशंसनीय साथ र सहयोग वारम्वार प्राप्त भएको हुनाले मलाई र कार्यसमितिलाई आफ्नो कार्यकाल पूरा गर्ने अवसर मिल्यो ।

कार्यकालको ३ वर्ष निरन्तर नैतिक, भौतिक र आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, संघ संस्थाका बुद्धिजीवि, कलाकार, पत्रकार मित्रहरु, निर्वाचन समिति र मेरो कार्यकालका सम्पूर्ण कार्यसमितिका सदस्यहरु, आईसीसीका पदाधिकारी ज्यूहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपालबाट र अन्य मूलकबाट पनि बेल्जियमसम्म आउनुभई आफ्नो अमूल्य सहयोग र सहभागिता जनाउनु भएकोमा म उहाँहरु प्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु । नेपाली दूतावासका महामहिम राजदूत श्री प्रमेशकुमार हमाल ज्यूको संरक्षकत्व तथा दूतावासका सवै कर्मचारीहरुबाट निरन्तर सहयोग र सुझाव प्रदान गर्नु भएकोमा एनआरएन बेल्जियम हार्दिक धन्यवाद व्यक्त गर्दछौ्र । एनआरएन बेल्जियमका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई हार्दिक वधाई ज्ञापन गर्दै आगामी कार्यकालको पूर्ण सफलताको हार्दिक कामना गर्दछु । यस निर्वाचनको दौरानमा आफ्नो निस्वार्थ भावनाले सेवा गर्ने उद्देश्यले उमेदवारी दिनु भएका सम्पूर्ण मित्रहरुलाई भविष्यमा एनआरएन बेल्जियममा सफलता मिलोस् र आफ्नो अमूल्य निस्वार्थ सेवा गर्ने मौका मिलोस् भन्ने हौसला र प्रेरणा दिदै हार्दिक सहानुभूति प्रकट गर्न चाहन्छु । धन्यवाद ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण