Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एन आर एन बेल्जियमको सदस्यता वितरण तथा नविकरण म्याद थप सम्बन्धी सूचना

एन आर एन बेल्जियमको कार्य समितिको निर्णयानुसार सदस्यता वितरण तथा नविकरण अभियान गत १८ मे सम्म अन्तिम मिति तय गरी संकलित निवेदन उपर छानविन गर्दा योग्य ठहर गरिएका १६९० संख्यामा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सर्वविदितै छ । तर बेल्जियम स्थित नेपाली संघ संस्थाहरु , बुद्धिजिवी , समाजसेवी आदिको पटक पटकको छलफल र आपसी समझदारीको आधारमा सहमतिका लागि सुझाव पत्र तयार गरि एन आर एन बेल्जियमको कार्यसमितिमा प्राप्त भए अनुसार सचिवालय बैठकले सदस्यता थप वितरणको व्यवस्था मिलाई २००० को सँख्यामा पुर्याई दुइ जना आइ सि सी सदस्य निर्वाचित गर्न सकारात्मक रहेको निर्णय प्रकाशित गरिसकेको छ । साथै गत मिति १० जुन २०११ का दिन अन्तिम उम्मेदवारी लिने क्रममा भेला भएका नेपाली संघ संस्था , बुद्धिजिवी , समाज सेवी तथा एन आर एन प्रेमी सदस्य साथीहरुको व्यापक छलफल पछि निष्कर्षका लागि बसेको एन आर एन कार्य समिति र निर्वाचन आयोगको संयुक्त बैठकमा सदस्यता वितरणका लागि सहमतिका आधारमा भोली मिति १३ जुन १७ बजे सम्म म्याद थपिएको सबैमा जानकारीको लागि अनुरोध गरिन्छ । साथै क्षेत्रगत रुपमा संकलित सदस्यता फर्महरु भोली १३ जुन दिउसो २ बजे देखि ५ बजे सम्म एन आर एन कार्यालय ब्रशेल्समा सदस्यता वितरण तथा नविकरण समितिमा हस्तान्तरण गर्नुहुन समेत अनुरोध गरिन्छ । समय सीमा नाघेर प्राप्त हुन आएका फारामहरुलाई मतदाता नामावलीमा समाबेश गरिने छैन ।

लिलाधर पन्त
संयोजक
सदस्यता वितरण तथा नविकरण समिति
मिति १२ जुन २०११

बेल्जियम समाचार

बिचार तथा विश्लेषण