Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एन आर बेल्जियमको हार्दिक अपिल

बेल्जियममा नेपाली समुदाय बसोबास गर्दै आएको करिब डेढ दशकको समयान्तरमा धेरै सुख दुखका चरणहरु पार गरी सकेका छन् । प्रबाशको बसाइमा सामाजिक, सान्स्कृतिक, आर्थिक र व्याबहारिक धेरै कठिनाईका बाबजुद पनि हामी सधैं संगै मिलेर अघी बढी रहने क्रममा, पछील्ला समयमा हामी बिच केही मनमुटाव, फरक दृष्‍टिकोण र सहकार्यमा धेर थोर दरार न आएको पनि होइन । खास गरी नेपालको बदलिदो सामाजिक राजनीतिक परिप्रेक्षमा प्रबास पनि अछुतो नरहने भएकोले त्यसैको प्रतिबिम्बको रुपमा हामी बिच पनि केही असहज परिस्थिति अद्दावधी छदैछ । यद्दपी हामी प्रबाशी नेपालीहरु बिचका साना तिना मतभेद र सँकिर्णताहरु मेटाउदै समय सापेक्ष साझा बिषयहरुमा एक मत राख्दै अघी बढ्नु आजको आवश्यकता हो र समग्र नेपालीहरुको माग पनि हो । बेल्जियम मा सँगठित् दर्जनौ सामाजिक संघ संस्थाहरुको आ आफ्नै उद्देश्य र कार्यक्रमहरु भए ता पनि साझा सबालका बिषयहरुको पहिचान गर्दै सामुहिक रुपमा कुनै न कुनै एक काम बाट सुरुवात गर्न सकिएमा अरु सहकार्यको बाटो खुल्ने मा हाम्रो विश्वाश छ ।

हाम्रो नेपाली समुदायमा अनपेक्षित रुपमा धेरै मानबिय साना ठुला घटनाहरु सधैं घटिरहेका हुन्छन । यहाँको ब्यस्त जिबन शैलीका बाबजुद संघ संस्था ब्यक्तिले आपद बिपदका बेलामा चाहेर पनि सहयोग गर्न अनुकूल पर्दैन । यिनै समस्याहरुमा तत्कालै केही राहत पुर्याउन एन आर एन बेल्जियमले एक राहत कोष स्थापना गर्ने घोषणा गरी सकेको छ । अत हामी बेल्जियमबासी नेपाली समुदाय बिचको आपसी सम्बन्ध र आत्मियता अझ प्रगाढ बनाउन तथा राहत कोष निर्माणमा थप सहयोग पुर्याउन, नयाँ बर्ष २०१४ को पावन अबसरमा सबै बेल्जियम स्थित संघ संस्था तथा आम नेपाली समुदायको सहयोग र समर्थनमा एक भब्य शुभकामना साँगितिक साँझ कार्यक्रम आयोजना गरिएको छ । नेपालबाट लोक दोहोरीका ख्यातिप्राप्त गायक गायिका रिता थापा मगर र गायक पशुपती शर्मा को साथ बेजोड हास्य कलाकार मनोज गजुरेल संगै स्थानिय कलाकारहरु समेतको संयुक्त प्रस्तुतिमा हुन गै रहेको यस कार्यक्रममा एन आर एन का अन्तर राष्ट्रिय ब्यक्तित्वहरुको गौरबमय उपस्थिती रहनेछ । सोही अबसरमा महिला हरुको बिशेष अन्तर्कृयात्मक भेला पनि केन्द्रिय नेत्रित्वको उपस्थितिमा हुन गै रहेकोले सबै कार्यक्रमहरुमा यहाँहरुको सकृय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम हुने मिती:- ०४ जनवरी २०१४ (शनिबार)

कार्यक्रम हुने समय :- NRN Women's Interaction Time : 14:00u

नयाँ बर्ष शुभकामना साँगितिक साँझ Time : 18:00u

कार्यक्रम हुने स्थान:- Atrium Zaal, Jan Welterslaan, 2100 Deurne

(Tram : 5, Direction : Deurne, Stop : Antwerpen Station)
Prem Gurung
President
NRNA Belgium

बेल्जियम समाचार

बिचार तथा विश्लेषण