Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

नेपाल महोत्सव सम्पन्न गर्न एनआरएन बेल्जियमको सयुक्त बैठकको निर्णयहरु

नेपाल महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको निम्ति एनआरएन बेल्जियमले  गत ०७ सेप्टेम्वर आईतवारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा बिभिन्न संघ-संस्थाहरु संगको नेपाल महोत्सव सम्वन्धि संयुक्त बैठकले केहि समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरेको छ ।
बैठकले एनआरएन ए बेल्जियमको संयोजनमा नेपाली दूतावास बेल्जियमको अभिभावकत्व तथा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाहरु, BNFA  लगाएत चिजकुमार श्रेष्ठ “सानो”, बिनोद धिताल, कमल पन्थी, कमल भारती, चित्र गुरुङ, आर बी घले र राम पुन को  संयुक्त आयोजनामा नेपाल महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्यो । यसै गरी कार्यक्रमलाई सफल पार्न सबै संघ सस्थाको साथै १०१ युरो सहयोग गर्ने प्रत्येक व्यक्तिलाई समेत आयोजक समितिमा राख्ने निर्णय गर्यो । ३८ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सात समितिको गठन गरेको छ । जसमा -
१) प्रचारप्रसार समिति :- महेश थापा संयोजक र अन्य ओम शर्मा, डील्लीराम अम्माई, तेज नेपाली, माधब सापकोटा सदस्य ।
२) आर्थिक समिति :- नरहरी सापकोटा संयोजक र पदम गुरुङ,सीपी भट्ट र शारदा अर्याल सदस्य ।
३) स्टल व्यवस्थापन समिति :- शिवकुमार बरुवाल संयोजक, रजनी प्रधान, हरि थपलिया, चिज कु श्रेष्ठ सानु र ब्युटी श्रेष्ट सदस्य ।
४) सांस्कृतिक समिति :- बलराम पुन संयोजक र युरो नेपाल कलाकार संघ बेल्जियमका सबै प्रतिनिधि सदस्य 
५) यातायात समिति :- बालेन्द्र गुरुङ संयोजक र एनआरएन बेल्जियम क्षेत्रीय समितिका अध्यक्षहरु रंजन सिंखडा, धिरज न्यौपाने, मोहन रावल र अर्जुन घिमिरे सदस्य ।
६) अतिथि सत्कार :- रजनी प्रधान संयोजक र जानकी गुरुङ, पार्वती अधिकारी, लिला शर्मा मानन्धर, सीता सापकोटा, यशोदा थापा, दुर्गा गुरुङ र झुना निरौला सदस्य ।
७) अनुगमन समिति :-  प्रेम गुरुङ संयोजक र जानकी गुरुङ, युबराज गुरुङ, बोधराज पौडेल र पीजी शेर्पा, जन सम्पर्क समिति बेल्जियमका  सुवास जोशी, नेपाली प्रवासी मंचका अर्जुन गुरुङ, जन प्रगतिशील मंचका चित्र सुबेदी, जन प्रगतिशील मोर्चाका प्रेम पाठक, राप्रपा प्रवासी संगठनका दीपेन्द्र केसी, नेपाली एकता समाजका बालकृष्ण कंडेल, संघीय समाज नेपालका नेत्रमगर र सम्पूर्ण टाक्सफोर्सका सदस्य तथा सम्पूर्ण समितीका संयोजक स्वत यस समितीको सदस्य रहेका छन ।

बैठकले रिसेप्सनको लागी नेपाली दूतावास बेल्जियमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । यसै गरी महोत्सव सम्पन्न गर्नको लागी आवश्यकता अनुसार एनआरएन बेल्जियमले अन्य समितिहरु पनि गठन गर्ने छ ।

महोत्सव यहि अक्टोवर ४ र ५ का दिन बेल्जियमको पर्यटकीय स्थल साउथफोन्टीनमा आयोजना गरीएको छ  । बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीनमा आयोजना गरेको ‘सानो नेपाल’ नामक चार दिने नेपाल महोत्सवको अवसर पारेर एनआरएन बेल्जियमले सोहि समय र स्थानमा यस पटक दुई दिने नेपाल महोत्सवको आयोजना गरेको हो । दश हजार भन्दा बढी  पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरीएको उक्त महोत्सव बिशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो मौकाको रुपमा रहेको छ साथै महोत्सवमा बिभिन्न नेपाली साँस्कृतिक झाकीहरुको प्रदर्शन लगाएत उद्घाटन समारोहमा नेपाली नौमती बाजा समेत प्रस्तुत गरिने छ ।
कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्टका साथै थुप्रै नेपालीहरु उपस्थिति रहेको थियो ।

माधब सापकोटा

(महासचिब)

एनआरएन ए  बेल्जियम ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण