Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन बेल्जियम द्वारा नेपालमा दैविक प्रकोप उद्दारका लागी अपिल !!!

"राहत स्वरूप दशलाख सहयोग घोषणा"
आज मिति २५ अप्रिल शनिबारका दिन नेपालमा आएको विनाशकारी भूकम्प बाट ठुलो र अकल्पनीय घटना बाट हामी सम्पूर्ण नेपालीहरु स्तब्ध भएका छौ । यस विनाशकारी भूकम्पमा परि ज्यान गुमाउने हरुप्रति भापूर्ण श्रद्दान्जली प्रकट गर्दै साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यस दुखद घटना बाट अत्यन्तै ठुलो जनधनको क्षति भएको र ति हृदयबिदारक दृश्य हरु आईरहेको छ यस दुखद घडीमा हाम्रो मातृभूमी र विपदमा पर्नु हुने सम्पूर्ण नेपाली दाजूभाईहरुलाई सहयोग गर्नु हाम्रो आजको सबैभन्दा ठुलो कर्तब्य हुने हुदा यस अकल्पनीय विपद को घडीमा तत्काल राहतको निम्ति गैर आवासीय नेपाली संघ बेल्जियम ले रू १०,००,००० (दश लाख) प्रदान गर्ने घोषणा गर्दछ । यस राष्ट्रीय विपदको घडीमा सहयोग गर्नुहुनका निमित्त बेल्जियम स्थित सम्पूर्ण संघ-सस्था लगाएत सम्पूर्ण गैर आवासीय नेपालीहरुमा गैर आवासीय नेपाली संघ बेल्जियम हार्दिक अनुरोध गर्दछ । सहयोगको लागी ईच्छुक महानुभावहरुले गैर आवासीय नेपाली संघ बेल्जियम को राहत कोष खाता नं. BE 560017 145 0588 (NRNA-NCC VZW) मा रकम सहयोग गर्न समेत अनुरोध गर्दछौ। थप रकम सहयोगका निमित्त गैर आवासीय नेपाली संघ बेल्जियमका कार्यसमिति सम्पूर्ण सदस्यहरुलाई संवन्धित क्षेत्रमा सहयोग अपिल को लागी खटाइ सकेको समेत जानकारी गराउदछौ ।
अध्यक्ष 
प्रेम गुरुङ 
गैर आवासीय नेपाली संघ, बेल्जियम ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण