Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

गैर आवासीय नेपाली संघ बेल्जियमको Acenta Trade Fair २०१३ छानबिन सम्वन्धि प्रेश बिज्ञप्ति

आदरणिय बेल्जियम स्थित नेपाली संघ-संस्थाहरु,
तथा सम्पूर्ण पंजीकृत सदस्य ज्युहरु
गैर आबासिय नेपाली संघ, बेल्जियम ।
Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न मिति २२ फेब्रुअरी २०१६ मा लुभेन ओन्स हाउसमा बेल्जियम स्थित नेपाली संघ संस्थाहरुको नेपाल महोत्सब २०१६ सम्वन्धि बसेको संयुक्त बैठकले एनआरएन  ए बेल्जियमलाई जिम्मा दिए अनुसार संघले एक स्वतन्त्र र अधिकार सम्पन्न छानबिन समिति बनाएको थियो ।
उक्त समितिलाई पूर्णता दिदै यहि मिति  २३ मे २०१६ मा सोही समतिका सँयोजक जानकी गुरुङको सँयोजकत्वमा ९ सदस्सिय समितिलाई ४५ दिन भित्र स्वतन्त्र छानबिन गरी प्रतिबेदनको साथमा आवश्यक  कार्यबाहिको सिफारिस गर्न, अधिकार प्रत्यायोजन सहित आधिकारिक पत्र संघको अध्यक्ष ज्यु बाट सचिबालयको बैठक माझ बुझाईएको जानकारी संवन्धित सबैलाई जानकारीको लागि अनुरोध गरिन्छ । सोही बैठकले अधिकार पत्रको एक प्रति पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष ओम शर्मालाई समेत बुझाईएको जानकारी गराउदछौ ।
यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्वन्धित ब्यक्ति तथा संघ-संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिलाई सबै पक्षबाट सत्य तथ्य विवरण उपलब्ध गराएर सहयोग गरी दिन हुन सबैमा एनआरएन ए बेल्जियम हार्दिक अनुरोध गर्दछ ।
छानबिन समिति :-
१. जानकी गुरुङ - सँयोजक (पूर्ब अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य )
२. प्रेम गुरुङ - सदस्य (पूर्ब अध्यक्ष तथा बर्तमान युरोप सहसंयोजक)
३. चिज कुमार श्रेष्ठ - सदस्य (बर्तमान आईसीसी सदस्य)
४. नेत्र मगर - सदस्य (बर्तमान आईसीसी सदस्य)
५. पदम गुरुङ - सदस्य (बर्तमान उपाध्यक्ष)
६. भिम जोशी (पूर्ब कोषाध्यक्ष)
७. पिजी शेर्पा सदस्य  (पूर्ब अध्यक्ष तथा बर्तमान केन्द्रिय सल्लाहाकार)
८. युबराज गुरुङ सदस्य (पूर्ब अध्यक्ष)
९. लोक दाहाल सदस्य (बर्तमान महासचिब)
धन्यवाद !
गंगाधर गौतम (अध्यक्ष)
लोक दाहाल (महासचिब)
गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति, बेल्जियम ।
मिति :- २६ मे २०१६

बेल्जियम समाचार

बिचार तथा विश्लेषण