Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

प्रेश बिज्ञप्ती

एनआरएन बेल्जियम द्वारा नेपालमा दैविक प्रकोप उद्दारका लागी अपिल !!!

"राहत स्वरूप दशलाख सहयोग घोषणा"
आज मिति २५ अप्रिल शनिबारका दिन नेपालमा आएको विनाशकारी भूकम्प बाट ठुलो र अकल्पनीय घटना बाट हामी सम्पूर्ण नेपालीहरु स्तब्ध भएका छौ । यस विनाशकारी भूकम्पमा परि ज्यान गुमाउने हरुप्रति भापूर्ण श्रद्दान्जली प्रकट गर्दै साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यस दुखद घटना बाट अत्यन्तै ठुलो जनधनको क्षति भएको र ति हृदयबिदारक दृश्य हरु आईरहेको छ यस दुखद घडीमा हाम्रो मातृभूमी र विपदमा पर्नु हुने सम्पूर्ण नेपाली दाजूभाईहरुलाई सहयोग गर्नु हाम्रो आजको सबैभन्दा ठुलो कर्तब्य हुने हुदा यस अकल्पनीय विपद को घडीमा तत्काल राहतको निम्ति गैर आवासीय नेपाली संघ बेल्जियम ले रू १०,००,००० (दश लाख) प्रदान गर्ने घोषणा गर्दछ । यस राष्ट्रीय विपदको घडीमा सहयोग गर्नुहुनका निमित्त बेल्जियम स्थित सम्पूर्ण संघ-सस्था लगाएत सम्पूर्ण गैर आवासीय नेपालीहरुमा गैर आवासीय नेपाली संघ बेल्जियम हार्दिक अनुरोध गर्दछ । सहयोगको लागी ईच्छुक महानुभावहरुले गैर आवासीय नेपाली संघ बेल्जियम को राहत कोष खाता नं. BE 560017 145 0588 (NRNA-NCC VZW) मा रकम सहयोग गर्न समेत अनुरोध गर्दछौ। थप रकम सहयोगका निमित्त गैर आवासीय नेपाली संघ बेल्जियमका कार्यसमिति सम्पूर्ण सदस्यहरुलाई संवन्धित क्षेत्रमा सहयोग अपिल को लागी खटाइ सकेको समेत जानकारी गराउदछौ ।
अध्यक्ष 
प्रेम गुरुङ 
गैर आवासीय नेपाली संघ, बेल्जियम ।

नेपाल महोत्सव सम्पन्न गर्न एनआरएन बेल्जियमको सयुक्त बैठकको निर्णयहरु

नेपाल महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको निम्ति एनआरएन बेल्जियमले  गत ०७ सेप्टेम्वर आईतवारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा बिभिन्न संघ-संस्थाहरु संगको नेपाल महोत्सव सम्वन्धि संयुक्त बैठकले केहि समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरेको छ ।
बैठकले एनआरएन ए बेल्जियमको संयोजनमा नेपाली दूतावास बेल्जियमको अभिभावकत्व तथा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाहरु, BNFA  लगाएत चिजकुमार श्रेष्ठ “सानो”, बिनोद धिताल, कमल पन्थी, कमल भारती, चित्र गुरुङ, आर बी घले र राम पुन को  संयुक्त आयोजनामा नेपाल महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्यो । यसै गरी कार्यक्रमलाई सफल पार्न सबै संघ सस्थाको साथै १०१ युरो सहयोग गर्ने प्रत्येक व्यक्तिलाई समेत आयोजक समितिमा राख्ने निर्णय गर्यो । ३८ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सात समितिको गठन गरेको छ । जसमा -
१) प्रचारप्रसार समिति :- महेश थापा संयोजक र अन्य ओम शर्मा, डील्लीराम अम्माई, तेज नेपाली, माधब सापकोटा सदस्य ।
२) आर्थिक समिति :- नरहरी सापकोटा संयोजक र पदम गुरुङ,सीपी भट्ट र शारदा अर्याल सदस्य ।
३) स्टल व्यवस्थापन समिति :- शिवकुमार बरुवाल संयोजक, रजनी प्रधान, हरि थपलिया, चिज कु श्रेष्ठ सानु र ब्युटी श्रेष्ट सदस्य ।
४) सांस्कृतिक समिति :- बलराम पुन संयोजक र युरो नेपाल कलाकार संघ बेल्जियमका सबै प्रतिनिधि सदस्य 
५) यातायात समिति :- बालेन्द्र गुरुङ संयोजक र एनआरएन बेल्जियम क्षेत्रीय समितिका अध्यक्षहरु रंजन सिंखडा, धिरज न्यौपाने, मोहन रावल र अर्जुन घिमिरे सदस्य ।
६) अतिथि सत्कार :- रजनी प्रधान संयोजक र जानकी गुरुङ, पार्वती अधिकारी, लिला शर्मा मानन्धर, सीता सापकोटा, यशोदा थापा, दुर्गा गुरुङ र झुना निरौला सदस्य ।
७) अनुगमन समिति :-  प्रेम गुरुङ संयोजक र जानकी गुरुङ, युबराज गुरुङ, बोधराज पौडेल र पीजी शेर्पा, जन सम्पर्क समिति बेल्जियमका  सुवास जोशी, नेपाली प्रवासी मंचका अर्जुन गुरुङ, जन प्रगतिशील मंचका चित्र सुबेदी, जन प्रगतिशील मोर्चाका प्रेम पाठक, राप्रपा प्रवासी संगठनका दीपेन्द्र केसी, नेपाली एकता समाजका बालकृष्ण कंडेल, संघीय समाज नेपालका नेत्रमगर र सम्पूर्ण टाक्सफोर्सका सदस्य तथा सम्पूर्ण समितीका संयोजक स्वत यस समितीको सदस्य रहेका छन ।

बैठकले रिसेप्सनको लागी नेपाली दूतावास बेल्जियमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । यसै गरी महोत्सव सम्पन्न गर्नको लागी आवश्यकता अनुसार एनआरएन बेल्जियमले अन्य समितिहरु पनि गठन गर्ने छ ।

महोत्सव यहि अक्टोवर ४ र ५ का दिन बेल्जियमको पर्यटकीय स्थल साउथफोन्टीनमा आयोजना गरीएको छ  । बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीनमा आयोजना गरेको ‘सानो नेपाल’ नामक चार दिने नेपाल महोत्सवको अवसर पारेर एनआरएन बेल्जियमले सोहि समय र स्थानमा यस पटक दुई दिने नेपाल महोत्सवको आयोजना गरेको हो । दश हजार भन्दा बढी  पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरीएको उक्त महोत्सव बिशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो मौकाको रुपमा रहेको छ साथै महोत्सवमा बिभिन्न नेपाली साँस्कृतिक झाकीहरुको प्रदर्शन लगाएत उद्घाटन समारोहमा नेपाली नौमती बाजा समेत प्रस्तुत गरिने छ ।
कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्टका साथै थुप्रै नेपालीहरु उपस्थिति रहेको थियो ।

माधब सापकोटा

(महासचिब)

एनआरएन ए  बेल्जियम ।

एनआरएन ए बेल्जियमको हार्दिक अपील !!

आदरणीय आवासीय नेपाली दाजू भाई तथा दिदीबहिनीहरु हालै सिन्धुपाल्चोकको, राम्चे ५ जुरे तथा संखुवासभा गएको भिषण बाढी तथा  पहिरो बाट हुन गएको जनधनको क्षति साथै उक्त पहिरोमा हराई रहेका हरुको तत्काल उद्धार तथा घाईते हरुको लागी यथा शिघ्र राहत तथा बिस्थापित हरुलाई अस्थाई वा स्थाई रुपमा बसोबास व्यवस्थापन उपलब्ध गराउन एनआरएन ए बेल्जियम को तर्फ बाट रु १५०,००० (एकलाख पचाहजार) तत्काल राहत स्वरू प्रदान गर्ने निर्णय गरेको जानकारी गराई सकेका छौ । उक्त राहत कार्यलाई एनआरएन ए बेल्जियम लगाएत बेल्जियम अवस्थित नेपाली संघ-सस्थाहरुले पनि आ-आफ्नो तर्फ बाट राहत संकलन कार्यको लागी सहयोगी कदम अगाडी बढाई  राहत रकम संकलन गरिसकेको र गर्दै रहेको र यस कार्यलाई अझ बढी तथा प्रवाभ कारी रुपबाट संकलन गर्न एनआरएन ए बेल्जियमले क्षेत्रीय समितिहरु मार्फत समेत राहत संकलन कार्य भईरहेको जानकारी गराउन चाहन्छौ ।  साथै तपशिल बमोजिम व्यक्ति हरु मार्फत सहयोग संकलन कार्य भैरहेको हुदा उक्त मानवीय कार्यमा सहयोग गरिदीनु सम्पूर्ण बेल्जियम बासी गैरआवासीय नेपाली दाजू भाई दिदीबहिनीहरु लाई हार्दिक अनुरोध गर्दछौ ।

सम्पर्क:-

लुभेन :- धिरज न्यौपाने (०४८५३४२११३)

आन्त्रोपेन :-  बुद्धि बराल , रन्जन सिम्खडा

ब्रसेल्स :- अर्जुन घिमिरे (०४८४०२११७३)

ब्रुज :- मोहन राउत

तथा एन आर एन ए बेल्जियम ।

सुनकोशी दैविक प्रकोप उद्धार कार्यको लागी एनआरएन ए बेल्जियम को हार्दिक अपिल !

सिन्धुपाल्चोकको राम्चे ५ जुरेमा श्रावण १७ गते  अर्थात ०२ अगष्ट २०१४ का दिन सुनकोशी नदीमा गएको भिषण पहिरो बाट हुन गएको जनधनको क्षति प्रति एनआरएन ए बेल्जियम स्तब्ध भएको छ । यस दुखद प्रकोप बाट ज्यान गुमाए काहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।साथै  हराई रहेका हरुको तत्काल उद्धार तथा घाईते हरुको लागी यथा शिघ्र राहत उपलब्ध गराउन गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद बाट तत्काल निर्देशन सहित राहत कार्यको सुरुवात गर्न गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियम जोडदार माग गर्दै एनआरएन ए बेल्जियम को तर्फ बाट रु १५०,००० (एकलाख पचाहजार)  तत्काल राहत स्वरू प्रदान गर्ने निर्णय गरेको जानकारी गराउदछौ ।

अध्यक्ष

प्रेम गुरुङ

एनआरएन ए बेल्जियम

एन आर बेल्जियमको हार्दिक अपिल

बेल्जियममा नेपाली समुदाय बसोबास गर्दै आएको करिब डेढ दशकको समयान्तरमा धेरै सुख दुखका चरणहरु पार गरी सकेका छन् । प्रबाशको बसाइमा सामाजिक, सान्स्कृतिक, आर्थिक र व्याबहारिक धेरै कठिनाईका बाबजुद पनि हामी सधैं संगै मिलेर अघी बढी रहने क्रममा, पछील्ला समयमा हामी बिच केही मनमुटाव, फरक दृष्‍टिकोण र सहकार्यमा धेर थोर दरार न आएको पनि होइन । खास गरी नेपालको बदलिदो सामाजिक राजनीतिक परिप्रेक्षमा प्रबास पनि अछुतो नरहने भएकोले त्यसैको प्रतिबिम्बको रुपमा हामी बिच पनि केही असहज परिस्थिति अद्दावधी छदैछ । यद्दपी हामी प्रबाशी नेपालीहरु बिचका साना तिना मतभेद र सँकिर्णताहरु मेटाउदै समय सापेक्ष साझा बिषयहरुमा एक मत राख्दै अघी बढ्नु आजको आवश्यकता हो र समग्र नेपालीहरुको माग पनि हो । बेल्जियम मा सँगठित् दर्जनौ सामाजिक संघ संस्थाहरुको आ आफ्नै उद्देश्य र कार्यक्रमहरु भए ता पनि साझा सबालका बिषयहरुको पहिचान गर्दै सामुहिक रुपमा कुनै न कुनै एक काम बाट सुरुवात गर्न सकिएमा अरु सहकार्यको बाटो खुल्ने मा हाम्रो विश्वाश छ ।

Read more...

Page 3 of 6

बेल्जियम समाचार

बिचार तथा विश्लेषण