Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

प्रेश बिज्ञप्ती

गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण तथा नविकरण सम्वन्धी सुचना

गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद बेल्जिमको चौथैा अधिवेसन आगामी ३० जुन २०१३ मा संपन्न हुन गैरहको यहाँहरुलाई अवगत नै छ । यस समन्वय परिषदको सदस्यता वितरण सदैव खुल्ला रहने भए पनि यस संघको चौठो अधिवेसनको प्रयोजनको लागि गैर आवासीय नेपाली संघ बेल्जियमको १० मार्च २०१३ मा बसेको बैठकले जुन ०९, २०१३ सम्म मताधिकार संपन्न पन्जिकृत सदस्यता खुल्ला गरिएको व्यहोरा जानकारी गराउँदछु । ०९, जुन २०१३ आवेदन दिएका सदस्यहरुलाई मताधिकार हुने भएकोले यसपुर्व सदस्यता लिएका सदस्यहरुलाई नविकरण र गैर आवासीय नेपाली संघको विधान बमोजिम १८२ दिन प्रवासमा विताएको प्रमाण सहित यसपुर्व सदस्यता नलिएकाहरुले नयाँ सदस्यता आवेदन गर्नु हुन अनुरोध गरिन्छ ।

Read more...

एनआर एन बेल्जियम द्वारा गभाजुको निधन प्रती श्रदान्जली

एन आर एन बेल्जियमका पञ्चिकृत सदस्य कास्कि पोखरा घर भई हाल बेल्जियमको ब्रसेल्स निवासि बर्ष ७४ का मान बहादुर गुभाजुको लामो समयदेखि बिरामि भई उपचारको शिलशिलामा मिति १९ जनवरि २०१२का दिन निधन हुनुभएकोले मृतक आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछ ।

साथै मृतक गुभाजुको श्रमिती यसोदा गुभाजुको भाषाका समस्या एवं रोजगार पनि नभएकोले उहाँको वर्तमान आर्थिक समस्यालाई केहि सहयोग गर्नुपर्ने देखिएकोले बेल्जियमबासि सम्पर्ूण्ा नेपालीहरुमा आफ्नोर् इच्छाअनुसार एन आर एन बेल्जियमका कार्यसमितिका पदाधिकारि तथा क्षेत्रिय अध्यक्षहरुमार्फ सबै क्षेत्रबाट आर्थिक सहयोग गर्नुहुन एन आर एन बेल्जियम हार्दिक अनुरोध गर्दछ ।

जानकी गुरुङ
अध्यक्ष
एन आर एन बेल्जियम

शिब कुमार बरुवाल
महासचिव
एन आर एन बेल्जियम

एन आर एन बेल्जियमको प्रेस बिज्ञप्ती

बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ संस्था तथा महानुभाब हरुको सामुहिक प्रयत्न मा सबैको साझा धरोहर Nepal House नेपाली सांस्कृतिक भबन निर्माण गर्न आबस्यक गृहकार्य सुरु भै रहेको छ । एन आर एन को विश्व सम्मेलन को कारण Nepal House नेपाली सांस्कृतिक भबन सम्बन्धि निति निर्माण कार्य केही ढिला भये पनि अब द्रूत गतिमा अघि बढ्ने छ ।

यस अबधी को अन्तरालमा संचार क्षेत्रमा केही अफबाह फैलाउन सकृय प्र ब्रिती प्रति सजग रहन अनुरोध गर्दछौ । Nepal House नेपाली सांस्कृतिक भबनको एतिहसिक निर्माण कार्य को बिषयलाई हलुका र गैर जिम्मेवार ढंगले अन्लाईन समाचार हरुमा बेल्जियम कै उपहास हुने तवरले लेख प्रकाशित हुनु मा हामी दुखी छौ , यस्ता गलत शैली को भ्रममा नपर्न र हाम्रा भाबनात्मक अन्तर्सम्बन्धमा कतै ठेश नपुग्ने विश्वाश ब्यक्त गर्दै यस ब्रिहद अभियानमा हरेक नेपालीहरुको यथा सक्य योग्दान रहनेमा बिशेष अनुरोध गर्दछौ ।

Read more...

बेल्जियममा रहेका सबै नेपाली संघ संस्थालाई एन आर एन बेल्जियमको आव्हान

सम्पूर्ण बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी मित्रहरु,

बेल्जियममा नेपाली संघ संस्थाहरुका गतिबिधी तथा कार्यक्रम हरुमा दिनानुदिन बढोत्तरी भै रहेको हामी सबैमा बिदितै छ र यो खुशीको बिषय पनि हो । हरेक संघ संस्थाका आ आफ्ना मौलिक गतिबिधी, कार्यक्रम र चाड पर्बहरु नियमित र समय अनुसार हुँदै आएका छन । हाम्रो यो नेपाली समाजमा जुन सुकै संघ संस्थाले कार्यक्रम आयोजना गरे पनि सबैको चासो र सरोकार रहने गर्दछ, सहभागिता र सहानुभूति रहन्छ नै । यही हाम्रो नेपालीत्वको भाबना लाई आगामी दिन हरुमा अझ बढाउन हुर्काउन हामी सबै संघ संस्थाहरु बिच थप समन्वय र सहकार्य हुन जरुरी छ ।

Read more...

गैर आवाशीय नेपाली सघ बेल्जियम को प्रेस बक्तब्य

हालैमात्र बेल्जियमका  विभिन्न संचार माध्यामहरुमा तीजका कार्यक्रमहरुलाई  जोडेर आएका समाचार प्रति  गैर आवाशीय  नेपाली सघ बेल्जियमको गम्भीर ध्यान आकर्सण भएको छ ।
हाम्रो भर्खरै सम्पन्न दोस्रो बैठकमा  बेल्जियमस्थित सम्पूर्ण सामाजिक संघ सस्थाहरुले गरेका रचनात्मक सामाजिक कार्यक्रमहरुलाई  पूर्ण सहयोग र समर्थन गर्ने  निर्णय अन्तर्गत बेल्जियममा आयोजना गरिएका सम्पूर्ण कार्यक्रमहरुलाई  हाम्रो सहयोग र समर्थन रहने छ ।

तेसकारण यस्ता सामाजिक  कार्यक्रमहरुले नेपालीहरुको सामाजिक,सास्कृतिक मर्यादालाई अझ अगाडी बढाउन  झन् महत्वपूर्ण रहनेकुरा पनि स्पस्ट छ । अत: हालैमात्र घोषणा गरिएका इन्द्रधनुष  क्लब लुभेन, तीज ब्रूसेल कार्येक्रम  तथा अन्य  क्षेत्रहरुमा आयोजना गरिएका तीजका सम्पूर्ण कार्यक्रमहरुलाई  पूर्ण सहयोग र समर्थन रहेको कुरा सबैलाई  जानकारी गरुन चाहान्छौ र आयोजित सबै कार्यक्रमहरुमा उपस्थित भै सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली समुदाय हरुमा हार्दिक अनुरोध गर्दछौ ।

जानकी गुरुङ                             
अध्यक्ष
गैर आवाशीय  नेपाली सघ बेल्जियम

Page 4 of 6

बेल्जियम समाचार

बिचार तथा विश्लेषण