Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

प्रेश बिज्ञप्ती

Accenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन समितिको प्रेस बिज्ञप्ती

एनआरएन बेल्जियमका अध्यक्ष तथा समितिका सम्पूर्ण सदस्यहरु तथा पन्जिक्रित सदस्यहरु,

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्षहरु,

बेल्जियम स्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधिहरु स्वतन्त्र पत्रकार मित्रहरु,

तथा बेल्जियमबासी नेपाली समुदाय ।

बिषय : सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भै दिन हुन अनुरोध ।

Accenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न, मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी सहित स्वतन्त्र छानबिन गरी कार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले अन्तिम चरणको काम गरी रहेको ब्यहोरा सन्बन्धित सबैलाई जानकारी गराउदछौ । सार्बजनीक रूपमा उठेका यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्बन्धित ब्यक्ति तथा संघ संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिले एन आर एनको बिधान र आचार संहिताको दायरामा रही नेपाल सरकार, दूताबास, Accenta Fair का तत्कालिन आयोजक, बेल्जियम स्थित प्रत्यक्ष संलग्न नेपाली संस्था, तत्कालिन जिम्मेवारीमा रहेका सरोकारवाला ब्यक्तिहरु, मेलामा सहभागि ब्यापारिहरु लगायत सर्बसाधारण सँग बयान, सुझाब र सल्लाहहरु संकलन गरी सिफारिस सहितको प्रतिबेदन मस्यौदाको अन्तिम तयारीमा रहेको समेत सबैमा जानकारी गराइन्छ ।

Accentaa Fair मा नेपाली समुदायको तर्फबाट जिम्मेवारीमा रहेका तत्कालिन सँयोजक (तत्कालिन बेल्जियम एन आर एन आइ सि सि सदस्य) अर्जून कुमार श्रेष्ठ, तत्कालिन सदस्य सचिब सालीक राम गौतम, तत्कालिन एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, नेपाली ब्यबसायी संघका निबर्तमान अध्यक्ष र बर्तमान अध्यक्ष (वा प्रतिनिधि)हरुलाई समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भै पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको र आर्थिक पारदर्शिता संबन्धमा सप्रमाण आफ्ना कुराहरु राखी दिन अन्तिम अनुरोध गरिन्छ । एन आर एन बेल्जियमद्वारा गठित यस् छानबिन समितिले यस प्रकृयालाई बेल्जियम स्थित सबै संघ संस्थाहरु र नेपाली समुदायबाट रचनात्मक सहयोगको अपेक्षा गरेको छ ।

(पूनश्च : छानबिन समितिको काम कारबाही प्रकृयागत रहेको अवस्थामा Accentaa Fair सँग सम्बन्धित सरोकारवाला केही ब्यक्तिहरुबाट समितिलाई प्रभाबित पार्न सकृय भै केही गतिबिधिहरु गर्न गराउन गै रहेको जानकारीमा आएकोले त्यस्ता कुनै गतिबिधी नगर्न र एन आर एन बेल्जियमको संस्थागत सर्बोच्चतालाई स्विकार्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ ।)

सार्वजनिक सुनुवाईको लागि मिति र ठेगाना :

मिति : ६ जुलाई २०१६ बुधवार

समय : बिहान ११ बजे

स्थान : Ons Huis (First Floor) Goudebloem straat 3000 Leuven

जानकी गुरुङ

संयोजक

Accenta Investigation Comittee

गैर आबासिय नेपाली संघ बेल्जियम ।

मिति : २६ जून २०१६

एसेन्टा छानबिन समिति को प्रेस बिज्ञप्ती

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरु,

नेपाली समुदाय बेल्जियम ।

बिषय : सत्य तथ्य सूचना र विवरण उपलब्ध गराइ सहयोग गरी दिन हुन अनुरोध ।

Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न,

मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी  सहित स्वतन्त्र छानबिन गरी कार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले प्रारम्भिक कार्य थालनि गरेको जानकारी सन्बन्धित सबैलाई जानकारी गराउदछौ ।

सार्बजनीक रूपमा उठेका यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्बन्धित ब्यक्ति तथा संघ संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन  छानबिन समितिलाई सबै पक्षबाट सत्य तथ्य विवरण उपलब्ध गराएर उचित निर्णय र सिफारिस गर्नमा सहयोग गरी दिन हुन संबन्धित सबै सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरुमा समिति हार्दिक अनुरोध गर्दछ ।

समितिलाई यहाँहरुले लिखत, मौखिक बयान विवरणहरु नाम खुलाएर या नखुलाउने शर्तमा उपलब्ध गराउन सक्नु हुनेछ । समितिलाई सूचना सँकलनका लागि खबर गर्न सक्नु हुनेछ । प्राप्त सुचना, विवरण तथा बयानहरु समितिमा गोप्य राखिनेछ । समितिलाई निम्नानुसारको ठेगाना र समय सिमा भित्र प्राप्त आधिकारिक सूचना विवरणहरुलाई छानबिनको दायरामा ल्याइ छलफलका लागि पेश गरिनेछ ।

छानबिन समितिका निम्न सदस्य  हरुसँग पनि तथ्य प्रमाण तथा सूचना विवरण उपलब्ध गराउन सक्नु हुनेछ ।

सूचना विवरण उपलब्ध गराइ सक्नु पर्ने अन्तिम मिति : जुलाई २५, २०१६ ( Till 23,00u)

संपर्क ईमेल ठेगाना :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

१, प्रेम गुरुङ सदस्य  Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

२, चिज कुमार श्रेष्ठ सदस्य Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

३, नेत्र मगर सदस्य Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

४, पदम गुरुङ सदस्य Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

५, भिम जोशी Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

६, पिजी शेर्पा सदस्य  Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

७, युबराज गुरुङ सदस्य Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

८, लोक दाहाल सदस्य Email :  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

गैर आवासीय नेपाली संघ बेल्जियमको Acenta Trade Fair २०१३ छानबिन सम्वन्धि प्रेश बिज्ञप्ति

आदरणिय बेल्जियम स्थित नेपाली संघ-संस्थाहरु,
तथा सम्पूर्ण पंजीकृत सदस्य ज्युहरु
गैर आबासिय नेपाली संघ, बेल्जियम ।
Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न मिति २२ फेब्रुअरी २०१६ मा लुभेन ओन्स हाउसमा बेल्जियम स्थित नेपाली संघ संस्थाहरुको नेपाल महोत्सब २०१६ सम्वन्धि बसेको संयुक्त बैठकले एनआरएन  ए बेल्जियमलाई जिम्मा दिए अनुसार संघले एक स्वतन्त्र र अधिकार सम्पन्न छानबिन समिति बनाएको थियो ।
उक्त समितिलाई पूर्णता दिदै यहि मिति  २३ मे २०१६ मा सोही समतिका सँयोजक जानकी गुरुङको सँयोजकत्वमा ९ सदस्सिय समितिलाई ४५ दिन भित्र स्वतन्त्र छानबिन गरी प्रतिबेदनको साथमा आवश्यक  कार्यबाहिको सिफारिस गर्न, अधिकार प्रत्यायोजन सहित आधिकारिक पत्र संघको अध्यक्ष ज्यु बाट सचिबालयको बैठक माझ बुझाईएको जानकारी संवन्धित सबैलाई जानकारीको लागि अनुरोध गरिन्छ । सोही बैठकले अधिकार पत्रको एक प्रति पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष ओम शर्मालाई समेत बुझाईएको जानकारी गराउदछौ ।
यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्वन्धित ब्यक्ति तथा संघ-संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिलाई सबै पक्षबाट सत्य तथ्य विवरण उपलब्ध गराएर सहयोग गरी दिन हुन सबैमा एनआरएन ए बेल्जियम हार्दिक अनुरोध गर्दछ ।
छानबिन समिति :-
१. जानकी गुरुङ - सँयोजक (पूर्ब अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य )
२. प्रेम गुरुङ - सदस्य (पूर्ब अध्यक्ष तथा बर्तमान युरोप सहसंयोजक)
३. चिज कुमार श्रेष्ठ - सदस्य (बर्तमान आईसीसी सदस्य)
४. नेत्र मगर - सदस्य (बर्तमान आईसीसी सदस्य)
५. पदम गुरुङ - सदस्य (बर्तमान उपाध्यक्ष)
६. भिम जोशी (पूर्ब कोषाध्यक्ष)
७. पिजी शेर्पा सदस्य  (पूर्ब अध्यक्ष तथा बर्तमान केन्द्रिय सल्लाहाकार)
८. युबराज गुरुङ सदस्य (पूर्ब अध्यक्ष)
९. लोक दाहाल सदस्य (बर्तमान महासचिब)
धन्यवाद !
गंगाधर गौतम (अध्यक्ष)
लोक दाहाल (महासचिब)
गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति, बेल्जियम ।
मिति :- २६ मे २०१६

बेल्जियमवासी सम्पूर्ण नेपाली दाजुुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आव्हान !

आज २२ मार्च २०१६, मंगलवारका दिन ब्रसेल्स विमानस्थल तथा भूमिगत रेलमार्ग (मेट्रो) मा भएको बम विष्फोटप्रति सर्वप्रथम गैर आवासीय नेपाली संघ, बेल्जियम अति मर्माहित भएको छ । साथै उक्त जघन्य अपराधको गैर आवासीय नेपाली संघ, बेल्जियम घोर भत्र्सना गर्दछ । साथै उक्त त्रासमय घटना र संवेदनशिलतालाई मध्यनजर राख्दै सम्पूर्ण बेल्जियमवासी नेपालीहरुलाई आफ्नो सुरक्षालाई विशेष ध्यान दिदै सर्तकता अपनाउन विशेष आग्रह गर्दछौं । साथै सकेसम्म आ—आफ्ना आफन्त, साथी तथा समुदायसँग सम्पर्कमा वस्नु हुन समेत अनुरोध गर्दछौं ।

उक्त संवेशनशील अवस्थामा बेल्जियमवासी नेपालीहरुलाई कुनै समस्या परे गैर आवासीय नेपाली संघ, बेल्जियमसँग समन्वय गरी सहयोग आदान प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । त्यसैले आवश्यक परेमा सम्र्पकमा रहनको लागि निम्न मोवाईल नम्वरमा सम्पर्कमा रहनुहुन समेत अनुरोध गर्दछौं ।

सम्र्पक नं. ः ०४८५ ३९ ५२ ०९ (गंगाधर गौतम, अध्यक्ष)

०४८३५०३९३९ (लोकप्रसाद दाहाल, महासचिव)

......................                                            ....................

(लोकप्रसाद दाहाल)                                           (गंगाधर गौतम)

महासचिव                                                            अध्यक्ष

गैर आवासीय नेपाली संघ बेल्जियमको विज्ञप्ती

नेपाली महिलाहरुको धार्मिक  तथा साँस्कृतिक पर्व हरितालिका तिजको उपलक्ष्ययमा बेल्जियम, नेपाल तथा संसारका विभिन्न मुलुकहरुमा रहेका सम्पुर्ण नेपाली नारीहरुलाई संवृद्धि, उन्नती र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। बेल्जियमका विभिन्न सामाजिक संस्था एवं समाजहरुले गरेका तिजी कार्यक्रमहरुको पुर्ण सफलताको कामना तथा ऐक्यवद्धता व्यक्त गर्दछौं । यस्ता कार्यक्रहरुबाट नेपाल, नेपाली भाषा , कला संस्कृतिको प्रवद्र्धन र संवद्र्धन र जर्गेना हुने विश्वास लिएका छौं ।

संविधानसभा मार्फत बन्न लागेको संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको परिमार्जित धारा १४ बमोजिम विभिन्न कारणले विदेशी नागरिकता लिएका नेपालीहरुलाई वंसजको आधारमा नेपाली नागरिकता लिने विधेयक पास गरेकोमा सम्माननीय संविधान सभा, प्रधानमन्त्री, मन्त्री परिषद, प्रमुख प्रतिपक्ष दलका नेता, सभाषदहरु, नेपाली राजनैतिक दलहरु र दलका शिर्ष नेताहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछौं । यसबाट विश्व विभिन्न मुलुकमा रहेका नेपाली मुलुका प्रवासीहरु र नेपाल विचको भावानात्मक संवन्ध सदैव मजबुत रहने छ ।

यद्यपी, यस विधेयकमा राजनैतिक र संवैधानिक हकबाट बंचित रहने व्यवस्था भएता पनि अव बन्ने कानुन प्रवासी मैत्री बनाउन हामी संविधान सभाप्रति हामी जोडदार माग गर्दछौं ।

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाण्डौमा हुने कुरा सर्व्विदितै छ । विश्व सम्मेलनमा भाग लिनकोलागि सेप्टेम्बर १५ सम्ममा आफ्नो नाम र तोकिएको शुल्क एनआरएन बेल्जियममा दर्ता गर्नको लागि हामी एनआरएनए बेल्जियमका सवै पंजिकृत सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

गंगाधर गौतम                        लोक दाहाल

अध्यक्ष                                   महासचिव

गैर आवासीय नेपाली संघ बेल्जियम    गैर आवासीय नेपाली संघ बेल्जियम

 

Page 2 of 6

बेल्जियम समाचार

बिचार तथा विश्लेषण