Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन भवनका लागि युरोपबाट उठ्यो १ करोड पाँच लाख

काठमाडौ, पुस २३ - गैरआवासीय नेपाली संघको काठमाण्डौंमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका चार देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले एक करोड पाँच लाख रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीयनेपाली संघका अध्यक्ष शेष घलेको उपस्थितिमा डिसेम्बर अन्तिम साता जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको संघको अन्तराष्ट्रिय समन्वय परिषद्का प्रबक्ता मन केसी जनाएका छन् ।

जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख र नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यसैगरी स्वीटजरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यस पटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजित कार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको हो ।

संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाडौंमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागिता हुने गरी रकम संकलन अभियान चलाएका छन् ।

'यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनक सहभागिता रह्यो' घलेले भने, 'एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु ।'

'यो अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रिय सहभागिता जनाइसकेको बताइएको छ । युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न गरेको हो' केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

(कान्तिपुर)

बेल्जियम समाचार

बिचार तथा विश्लेषण