Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

परोपकारी क्षेत्रमा घलेद्वारा १ अर्ब घोषणा

काठमाडौं, पुस २४, गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले परोपकारी क्षेत्रमा १ अर्ब रुपैया खर्च गर्ने घोषणा गरेका छन् ।

उक्त रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्रै खर्च गर्ने घलेले पत्रकार सम्मेलन गरि घोषणा गरेका हुन् । घले दम्पती संस्थापक रहेको एमआईटि ग्रुप फाउन्डेशनद्वारा कोष सञ्चालन हुने छ । 'हाम्रो समाज र राष्ट्रले गरेको लगानीको महत्वपूर्ण योगदान छ । समाजबाट जे पयौं त्यसको केही हिस्सा समाजिलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन,' बिहिबार आयोजित पत्रकार सम्मेलनमा घलेले भने ।

उक्त रकम नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने, विद्यालयलाई पुस्तकालय स्थापनाका लागि शिक्षण सामागि्र, स्रोत साधन, र तालिमका लागि समेत सहयोग उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ ।

साभार- कान्तिपुर

बेल्जियम समाचार

बिचार तथा विश्लेषण