Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

प्रधानमन्त्री निवास अगाडी बन्ने भयो एनआरएन केन्द्रीय भवन

 

काठमाण्डौ, २९ पुष । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रिय कार्यालय भवन बनाउन काठमाण्डौमा जग्गा खरिद गरेको छ । काठमाण्डौको मुटु बालुवाटार स्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडि एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो । एनआरएनए आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझाव अनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो । जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । ‘हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो भन्दै अध्यक्ष घलेले यस कार्यमा बिगत एक बर्ष देखि खट्नु भएका अमेरीकाजका उपक्षेत्रिय संयोजक सोनाम लामालाई बिषेश धन्यवाद दिए । जग्गा खरिद प्रकृयामा निरन्तर लाग्नुभएका उपाध्यक्ष भवन भट्ट, अमेरिकाजका क्षेत्रीय उपसंयोजक सोनाम लामा, एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणा तथा समितिका सदस्यहरु शिशिर भट्ट र सुरेश चित्रकार, बिल्डिङ टास्कफोर्सका सवै तहका सदस्य तथा सहयोगीलाई अध्यक्ष घलेले धन्यवाद दिए । एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं अध्यक्ष घलेले भने-‘भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने, थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिन्छौं । ‘अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए । भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ । करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाण्डौको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत केही बढ्ने देखिएको छ ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण