Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

सिन्धुपाल्चोकका एक हजार भूकम्प पिडीत परिवारलाई एनआरएनले दियो राहत प्याकेज

११ वैशाख, काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्पपिडीत सिन्धुपाल्चोकका जनतालाई पहिलोपटक राहत बितरण गरेको छ ।सिन्धुपाल्चोकको चनौटेमा शुक्रवार आयोजित कार्यक्रममा महांकाल, इचोक, किउल, हेलम्बु र पाल्चोक गाविसका करिव एक हजार परिवारलाई राहत बितरण्ँ गरिएको हो ।गैरआवासीय नेपाली संघका अध्यक्ष  घलेको नेतृत्वमा पुगेको गैरआवासीय नेपाली स्वयंसेवकहरुको टोलीले पिडीत परिवारलाई त्रिपाल, कम्बल, चाउचाउ, चिउरा लगायतका राहत सामाग्री वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय संगको समन्वय र उनीहरुको सिफारिसकै आधारमा एनआरएनले सवैभन्दा धेरैप्रभावित यी गाविसहरुमा राहत बितरण गरेको हो ।

स्थानीय बासिन्दाहरुका अनुसार गैरआवासीय नेपाली संघ  नै सो क्षेत्रमामा राहत लिएर पुग्ने पहिलो टोली हो । भूकम्प आएको यति दिन बित्दा पनि यो क्षेत्रमा कोही पनि राहत बितरण गर्न आएको रहेनछ” एनआरएन अध्यक्ष  घलेले भन्नुभयो –  संसारभरका नेपालीहरुले एक–एक डलर जम्मा गरेको रकमबाट उहाहरुकै हातमा राहत सामाग्री दिन पाउदा सन्तोष मिलेको छ । राहत लिन आइपुगेका स्थानीय वासिन्दाहरुले आफुहरु भोकभोकै बस्नुपरेको गुनासो गरेका थिए । परिवारका सदस्य र वस्तुभाउ गुमाएका स्थानीय वासिन्दाहरुले गैरआवासीय नेपालीहरुको तर्फबाट खाना र नाना पाएपछि सन्तोषको सास फेर्दै धन्यबाद दिए । हामीले पहिलो चरणमा आपतकालिन राहत प्याकेजमात्र दिएका छौं अध्यक्ष घलेले भन्नुभयो  हामी भूकम्प पिडीत परिवारको उद्यमशीलता बिकाश र पुर्ननिर्माणमा समेत सहयोग गर्न चाहान्छौं, हाम्रो अभियान रोकिने छैन्।

राहत वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष घले, उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक गोविन्द श्रेष्ठ एमआईटी फाउन्डेसनकी अध्यक्ष जमुना गुरुङ लगायतले पिडीतलाई राहत वितरण गर्नुभएको थियो । राहत वितरण कार्यक्रमको संयोजन एनआरएन बहराइनका पूर्व अध्यक्ष  श्याम तामाङले गर्नुभएको थियो । नेपाल भूकम्पको महाविपत्मा परेपछि गैरआवासीय नेपाली संघले बिश्वभरका नेपालीहरुलाई आपतकालिन राहत संकलन अभियानका लागि आह्वान गरेको थियो । सोहीअनुसार संसारभरका नेपालीहरुले संकलन गरेको करिव १० करोड रुपैया बिभिन्न ७ जिल्लाका भूकम्पपिडीतका लागि राहत बितरण गर्ने एनआरएनले तयारी गरिरहेको छ। संघले सिन्धुपाल्चोकसंगै काभ्रे, धादिङ, नुवाकोट, गोरखा, रसुवा र गोरखामा गरी कूल १० हजार परिवारलाई न्यूनतम राहत वितरण्ँ गर्ने तयारी गरिरहेको छ । भूकम्प पिडीतलाई बेग्लै स्वास्थ्य शिविर यसैवीच गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि बेग्लै स्वास्थ्य शिविर संचालन गरेको छ । आजदेखि सिन्धुपाल्चोकको चनौटेमा स्थापना गरिएको शिविरमा करिव एक सयको संख्यामा बिरामीहरुको स्वास्थ्य जाच गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली स्वास्थ्यकर्मी र नेपालमा कार्यरत चिकित्सक सम्मिलित करिव १५ जनाको टोलीले पिडीत स्थानीयवासीको स्वास्थ्य परिक्षण गर्दै प्राथमिक उपचारसमेत गरेको थियो । टोलीमा संलग्न डा. जयराम केसीका अनुसार धेरैजसो बिरामीहरु भूकम्पबाट घाइते भएकाहरु थिए । उनीहरुलाई प्राथमिक उपचार गरी निःशुल्क औषधि समेत दिइएको छ । चनौटेमै केही दिन रहने सो स्वास्थ्य शिविरमा तीन जना चिकित्सक, नर्स र स्वयंसेवीहरु छन् । दुईवटा बेग्लाबेग्लै टोली बनाएर राहत वितरण्ँ गरिएका पा“चवटै गाविसका टोलटोलमा पुगी पिडीतहरुको स्वास्थ्य परिक्षण  गरिने डा. बिदुर मणि  ढकालले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौ ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण