Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन बेल्जियम द्वारा यूरोप स्तरीय भलिवल सम्पन्न

१७ अगष्ट, बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियम को आयोजनामा गत मंगलबार का दिन लुभेन शहरमा अवस्थित स्पोर्ट हलमा यूरोप स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको थियो ।

यूरोपका पाँच टिम ले भागलिएको उक्त प्रतियोगिताको विशिष्ट अतिथिको रुपमा रहेका गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का उपाध्यक्ष कुमार पन्त र गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम  ले सयुक्त रुपमा उद्घाटन गरिएको थियो । प्रतियोगितामा विशिष्ट अतिथि एनआरएन बेल्जियमका अध्यक्ष, अन्तराष्ट्रीय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य द्वय नेत्र मगर, जानकी गुरुङको  उपस्थितिमा खेलाडीहरुलाई भलिवल प्रदान गरि खेलको सुरुवात गरिएको थियो  साथै उपस्थिति अतिथिहरुलाई नेपाली भेषभुषा सुसजित कन्याहरुले खादा लगाएर बिशेष सम्मान गरेका थिए ।  प्रतियोगितामा एनआरएन नेदरल्याण्डका प्रेम गुरुङ, एनआरएन लक्जम्वारका आईसीसी सदस्य हरि खड्का, अध्यक्ष बालकृष्ण सापकोटा तथा अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । भलिवल प्रतियोगिताका संयोजक तथा एनआरएन सदस्य मिंड गुरुङ ले आफ्नो मन्तब्य द्वारा उपस्थित महानुवाहरुलाई स्वागत गरेका थिए ।

प्रतियोगिता को समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा नेपाली दुताबासका कार्यबाहक राजदुत घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।  प्रमुख अतिथिको आसन बाट कावा राजदुतले सम्पूर्ण खेलाडी लाई बधाई दिनुको साथै खेल मार्फत यूरोपमा रहेका नेपाली हरुलाई एकताबद्ध तथा भातृत्वको बिकाश हुने बताउदै एनआरएन बेल्जियमले आयोजना गरेको कार्यक्रमको प्रशंशा गरेका थिए । सभापतिको आशन बाट अध्यक्ष गंगाधर गौतमले एनआरएन बेल्जियम ले सुरुवात गर्दै आएको प्रतियोगिता बिगत बर्षहरुमा हुन् नसके पनि अहिले आएर शुरु हुनु मा खुशी व्यक्त गर्दै आगामी दिनमा यस लाई निरन्तरता दिने बताउदै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सपूर्ण संघ-सस्था का अध्यक्ष प्रतिनिधि तथा गैर आवासीय नेपाली दाजू भाई लाई बिशेष धन्यबाद दिएका थिए । प्रतियोगिता को उद्घटन समारोह महासचिव लोक दाहाल र समापन समारोह सचिव राकेश कर्माचार्य ले संचालन गरेका थिए ।

तमु समाज फ्रान्स, एनआरएन नेदरल्याण्ड, ईन्द्रधनुष क्लव बेल्जियम, लक्जम्वर नेपाली टीम, ब्रुगे-ओष्टन्डे टीम ले प्रतियोगितामा भाग लिएका थिए । लिग चरण अन्तर्गत भएको भलिवल प्रतियोगितामा प्रथम तमु समाज फ्रान्सले नगद यूरो पन्ध्र सय मेडल साथै प्रमाण पत्र, द्वितीय ब्रुगे ओष्टन्डे यूरो एक हजार मेडल प्रमाण पत्र तथा तृतीय हुने एनआरएन नेदरल्याण्ड मेडल प्रदान गरिएको थियो साथै सहभागी टिमका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता भरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई नगद यूरो एकसय पचास सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त खेल लाई सौहार्द तथा निस्पक्ष रुपमा संचालन गर्न मा सुभास सुब्बा (धने कान्छा) र कमल सिटौला ले रेफ्री को भुमिका साथै ओमप्रकाश गुरुङ, बुद्ध बस्नेत, बिष्णु सापकोटा, रामशरण महतो, डम्वर अर्याल को  समेत प्रतियोगितामा सहयोगी  भूमीका रहेको थियो । एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङ आर्थिक संयोजक रहेको प्रतियोगितामा बिभिन्न महानुभावहरुको आर्थिक तथा भौतिक गरेका थिए ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण