Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन बेल्जियम द्वारा महामहिम राजादुतको सम्मान तथा स्वागत एवं सास्कृतिक साझ सम्पन्न


बेल्जियम । गैर आबासिय नेपाली संघ बेल्जियमले गत २७ नोभेम्वर आईतबार  लुबेनमा बेनेलक्सका लागि नब नियुक्त नेपाली राजदुत महामहिम लोक बहादुर थापालाई बिशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । सोही साझ नेपाल बाट युरोप यात्रामा रहेका नेपाल ताराका ख्याती प्राप्त कलाकार दिपक लिम्बु साइमा श्रेष्ठ झरना रिजाल र अन्जल श्रेष्ठको बिशेष सांस्कृतिक साझ सम्पन्न भयो  । नेपालमा भुकम्प प्रभाबित क्षेत्रमा बिद्यालय निर्माणको प्रमुख उद्धेश्य स्वरूप आयोजना गरियको कार्यक्रम्मा बेल्जियमका चार दर्जन भन्दा बढी संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै  बेल्जियममा अवस्थित नेपालीहरुको सहभागीता रहेको थियो ।


प्रमुख अतिथी महामहिम राजदुत र उहाकी धर्मपत्नी नानु थापालाई फूल-गुच्छा  तथा खादा लगाएर गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष लगायत केन्द्रिय तथा राष्ट्रिय समानवय परिषद्का बिभिन्न व्यक्तित्व हरुले सम्मान गरेका थिए । बेल्जियममा स्थापित धेरै सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले समेत महामहिम थापालाई खादा लगयर सम्मान प्रकट गरे । गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष बाट सोही अबसरमा नेपाल बाट आउनु भएका कलाकारहरुलाई खादा लगायर स्वागत गर्दै सास्कृतिक कार्यक्रम सुरु गरिएको थियो ।
गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगा धर गौतम को अध्यक्षतामा सम्पन्न सो कार्यक्रम्मा प्रमुख अतिथीको आसन बाट महामहिम थापाले ले दुताबास र नेपाली समुदाय बिशेष गरेर एनआरएन र स्थापित सबै सस्थाहरु र नेपाली समुदाय सँग मिलेर नेपाल र नेपाली को लागि काम गर्ने र सो को लागि सबै पक्षलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेका थिए । सस्थाका अध्यक्ष गंगा धर गौतम ले महामहिम राजदुत र उहाकी धर्मपत्नी कलाकारहरु लगायत सम्पूर्ण उपस्थित बेल्जियम लक्स्जम्बर्ग बेलायत तथा नेपाल बाट पाल्नु भयका सबै लाई अभिनन्दन गर्दै सबै उपस्थित प्रती आभार प्रकट गरेको सो दुई चरणको कार्यक्रम मा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष पदम गुरुङ ले गरेका थिए भने औपचारिक र सास्कृतिक कार्यक्रम सन्चालन सस्थाका  उपाध्यक्ष यसोदा थापाले गरेकी थिईन ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण