Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन बेल्जियमको आब्हानमा बेल्जियम स्थित नेपाली संघ-संस्थाहरु संग संयुक्त बैठक सम्वन्धि सूचना !!!

आगामी ०२ फेब्रुअरी देखि ०५ फेब्रुअरी २०१७ सम्म ब्रसेल्समा हुने Brussels Holiday मा नेपालको तर्फ बाट सहभागीता जनाउने तयारी भैरहेको अवस्थामा नेपाली दूतावास ब्रसेल्सले दुतावास, गैर आवासीय नेपाली संघ र बेल्जियम स्थित नेपाली जातीय तथा अन्य सामाजिक संघ-संस्था को उपस्थितिमा उक्त बिषयमा कसरी नेपाली कला संस्कृति र भेष-भुषा सहित कार्यक्रम भब्य रुपमा सफल बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरि सबैको सहभागिता तथा बिशेष गरि जातीय सस्थाहरु र कलाकार संघले बिबिध जातीय पहिचानका भेषभूषामा उपस्थिति जनाउने र अन्य बेल्जियम स्थिति संघ-संस्थाहरुले आ-आफ्नो तर्फ बाट आवश्यक सहयोग गर्न दुतावास ले बेल्जियम स्थित संघ-सस्था एवं समुदाय लाई अनुरोध गर्दै सबै संग समन्वय गरि अर्को तयारी बैठक राख्न गैर आवासीय नेपाली संघ बेल्जियम लाई  दिएको जिम्मेवारी र निर्णय बमोजिम निम्न मिति, समय र स्थानमा बैठक बस्ने जानकारी गराउदै सम्पूर्ण संघ-संस्थाका अध्यक्ष ज्यू लगाए गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमका कार्यसमिति सदस्य ज्यूहरु, पदाधिकारी ज्यूहरु एवं सल्लाहकार ज्यूहरु लाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।

 

मिति:- १५ जनवारी २०१७ (आईतबार)

समय:- बिहान ठिक ११:३० बजे

स्थान :- Ons Huis - Goudsbloemstraat 28, 3000 Leuven

 

लोक दाहाल

महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

बेल्जियम समाचार

बिचार तथा विश्लेषण