Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

गैर आवासीय नेपाली संघ बेल्जियमले परराष्ट्र मन्त्री संग अन्तरकृया गर्ने बारे सूचना !!!

आदरणीय बेल्जियम वासी गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरु तथा बेल्जियम स्थित नेपाली संघ-संस्था का अध्यक्ष ज्यूहरु, राष्ट्रीय तथा अन्तराष्ट्रीय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा सल्लाहकार ज्यूहरु, गैर आवासीय  नेपाली संघ यूरोप राष्ट्रीय समन्वय परिषदका पदाधिकारी ज्यूहरु,लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु,
नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता माननिय डा.प्रकाश शरण महत यूरोपियन यूनियन साथै बेल्जियम सरकारको निमन्त्रणामा नेपाल सरकारको तर्फ बाट एक बिशेष कार्यक्रममा भाग लिन आगामी १३ फेब्रुअरी का दिन बेल्जियम आउने कार्यक्रम तय भएको हुदा उहाको स्वागत तथा सम्मान साथै नेपालको बर्तमान सम सामयिक तथा गैर आवासीय नेपालीहरुका साझा समस्याहरुको बिषयमा एक अन्तरकृया र सोही साझ डिनर कार्यक्रमको आयोजना गरिएको हुदा यहाहरुको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।
मिति :- १३ फेब्रुअरी २०१७ (सोमवार )
समय :- दिउँसो ठिक १६:०० बजे
स्थान :- Goudsbloemstraat-28, 3000 Leuven(Ons-Huis)
गैर आवासीय नेपाली संघ, बेल्जियम  ।

 

 

बेल्जियम समाचार

बिचार तथा विश्लेषण