Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन बेल्जियमको समर बारविक्यू कार्यक्रम सम्वन्धि सूचना !!!

गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा संस्थाका उपाध्यक्ष पदम गुरुङको संयोजकत्वमा निम्न मिति, समय र स्थानमा समर बार.बि.क्यू को आयोजना गरिएको हुदा बेल्जियम स्थिति सम्पूर्ण नेपाली संघ-संस्था का अध्यक्ष ज्यू तथा प्रतिनिधि लगाएत बेल्जियम वासी सम्पूर्ण गैर आवासीय नेपाली हरुलाई उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति:- २८ मई २०१७ (आइतबार)

समय:- दिन ठिक १२:०० बजे बाट २०:०० बजे सम्म

स्थान:- Koning Albert Plein 1, Kessel-Lo 3010 Leuven. (Casablanca Park)

आयोजक:- गैर आवासीय नेपाली संघ, बेल्जियम ।

गैर आवासीय नेपाली संघ बेल्जियमले परराष्ट्र मन्त्री संग अन्तरकृया गर्ने बारे सूचना !!!

आदरणीय बेल्जियम वासी गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरु तथा बेल्जियम स्थित नेपाली संघ-संस्था का अध्यक्ष ज्यूहरु, राष्ट्रीय तथा अन्तराष्ट्रीय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा सल्लाहकार ज्यूहरु, गैर आवासीय  नेपाली संघ यूरोप राष्ट्रीय समन्वय परिषदका पदाधिकारी ज्यूहरु,लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु,
नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता माननिय डा.प्रकाश शरण महत यूरोपियन यूनियन साथै बेल्जियम सरकारको निमन्त्रणामा नेपाल सरकारको तर्फ बाट एक बिशेष कार्यक्रममा भाग लिन आगामी १३ फेब्रुअरी का दिन बेल्जियम आउने कार्यक्रम तय भएको हुदा उहाको स्वागत तथा सम्मान साथै नेपालको बर्तमान सम सामयिक तथा गैर आवासीय नेपालीहरुका साझा समस्याहरुको बिषयमा एक अन्तरकृया र सोही साझ डिनर कार्यक्रमको आयोजना गरिएको हुदा यहाहरुको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।
मिति :- १३ फेब्रुअरी २०१७ (सोमवार )
समय :- दिउँसो ठिक १६:०० बजे
स्थान :- Goudsbloemstraat-28, 3000 Leuven(Ons-Huis)
गैर आवासीय नेपाली संघ, बेल्जियम  ।

 

 

एनआरएन बेल्जियमको आब्हानमा बेल्जियम स्थित नेपाली संघ-संस्थाहरु संग संयुक्त बैठक सम्वन्धि सूचना !!!

आगामी ०२ फेब्रुअरी देखि ०५ फेब्रुअरी २०१७ सम्म ब्रसेल्समा हुने Brussels Holiday मा नेपालको तर्फ बाट सहभागीता जनाउने तयारी भैरहेको अवस्थामा नेपाली दूतावास ब्रसेल्सले दुतावास, गैर आवासीय नेपाली संघ र बेल्जियम स्थित नेपाली जातीय तथा अन्य सामाजिक संघ-संस्था को उपस्थितिमा उक्त बिषयमा कसरी नेपाली कला संस्कृति र भेष-भुषा सहित कार्यक्रम भब्य रुपमा सफल बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरि सबैको सहभागिता तथा बिशेष गरि जातीय सस्थाहरु र कलाकार संघले बिबिध जातीय पहिचानका भेषभूषामा उपस्थिति जनाउने र अन्य बेल्जियम स्थिति संघ-संस्थाहरुले आ-आफ्नो तर्फ बाट आवश्यक सहयोग गर्न दुतावास ले बेल्जियम स्थित संघ-सस्था एवं समुदाय लाई अनुरोध गर्दै सबै संग समन्वय गरि अर्को तयारी बैठक राख्न गैर आवासीय नेपाली संघ बेल्जियम लाई  दिएको जिम्मेवारी र निर्णय बमोजिम निम्न मिति, समय र स्थानमा बैठक बस्ने जानकारी गराउदै सम्पूर्ण संघ-संस्थाका अध्यक्ष ज्यू लगाए गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमका कार्यसमिति सदस्य ज्यूहरु, पदाधिकारी ज्यूहरु एवं सल्लाहकार ज्यूहरु लाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।

 

मिति:- १५ जनवारी २०१७ (आईतबार)

समय:- बिहान ठिक ११:३० बजे

स्थान :- Ons Huis - Goudsbloemstraat 28, 3000 Leuven

 

लोक दाहाल

महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

दुतावास संग अन्तरक्रिया कार्यक्रम बारे एनआरएन बेल्जियमको सूचना !!!

बेल्जियममा रहेका सम्पूर्ण नेपाली संघ-संस्था का अध्यक्ष ज्यूहरु तथा बेल्जियम स्थिति सम्पूर्ण गैर आवासीय नेपाली दाजूभाई, दिदीबहिनीहरु......!

नेपाली दूतावास ब्रसेल्स बेल्जियम तथा गैर आवासीय नेपाली संघ बेल्जियम, बेल्जियममा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था र नेपाली समुदाय बिचमा नेपाल र नेपालीको लागी साथै बेल्जियम बासी नेपाली र बेल्जियम तथा बिदेशी नागरिकहरु संगको हाम्रो सम्वन्ध लगाएत  दुतावास संग सम्वन्धित बिषयहरु, प्रवासमा नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्धन साथै अन्य समसामयिक बिषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुदा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।

मिति:- १८ डिसेम्वर २०१६ (आइतबार)

समय:- दिनको ठिक १२:०० बजे

स्थान:- Ons Huis, Goudsbloemstraat - 28, 3000 Leuven

 

लोक दाहाल

महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

गैर आवासीय नेपाली संघ बेल्जियमको सूचना !!!

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष भवन भट्ट यूरोप भ्रमणको शिलशिलामा बेल्जियम आउने कार्यक्रम तय भएको हुदा उहाको स्वागत-सम्मानार्थ रात्रि भोज साथै गैर आवासीय नेपाली संघ राष्ट्रीय-अन्तराष्ट्रीय बिषय लगाएत अन्य समसामयिक बिषयहरुमा छलफल कार्यक्रमको आयोजना गरिने भएको हुदा सम्पूर्ण गैर आवासीय नेपाली राष्ट्रीय समन्वय परिषद् बेल्जियमका  सदस्यहरु, आईसीसी ज्यूहरु, सल्लाहकार ज्यूहरु, बेल्जियम स्थित नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु, यूरोप संयोजक-उपसंयोजक, अन्तराष्ट्रीय समन्य परिषद्का सल्लाहकार एवं  पदाधिकारी ज्यूहरु साथै बेल्जियम स्थित सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरु लाई निम्न मिति, समय र स्थानमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ  ।

 

मिति:- १६ नोभेम्वर २०१६ (बुधबार)

समय :- बेलुका ठिक २२:०० बजे

स्थान :- Hotel National, Nationalestraat 40, 2000 Antwerpen.

 

लोक दाहाल

महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

More Articles...

Page 1 of 11

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »

बेल्जियम समाचार

बिचार तथा विश्लेषण