Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

गैर आवासीय नेपाली संघ बेल्जियमको प्रेस बिज्ञप्ती

केहि दिन देखि नेपालमा परेको अबिरल बर्षाको कारण नेपालका बिभिन्न क्षेत्रमा भएको मानबिय तथा भौतिक क्षति प्रती गैर आबासिय नेपाली संघ बेल्जियम गहीरो दु:ख ब्यक्त गर्दै सो क्रममा जीवन गुमाउनु हुनेहरु प्रती भाबपुर्ण श्रदान्जली अर्पण गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछ ।

यस दु:खद क्षणमा उच्चतम् रुपमा श्रम र साधनको पारिचलन गरी अरु बढि मानबिय क्षति हुन नदिन नेपाल सरकार र सबै सरोकारवाला निकाय सँग हामी जोड्दार माग गर्दछौ ।

यद्द्पी यो दु:खद समयमा हामी पनि हाम्रो जिम्मेवारीबाट बिमुख हुन सक्देनौ। हामी जहाँ बसेर पनि नेपाल आमा र नेपालि हरुलाई पर्ने प्रकोपहरुमा समबेदना सहित सहयोगि हातहरु अघि बढाउन गैर आबासीय नेपाली संघ हार्दिक अनुरोध गर्दछ।

आजै सम्पन्न हुन गैरहेको गैर आबासीय नेपाली संघ बेल्जियमको अधिबेशन मार्फत राहत घोषणा गर्न चाहन्छौ साथै अभियानमा सहयोग पुराउन NRNA बेल्जियम सम्पुर्ण बेल्जियम मा स्थापित संघ सस्था तथा नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौ यस आजको अधिबेशन लाई राहतको अधिबेशनको रुपमा सम्पन्न गर्न प्रेरित गर्दै विभिन्न सस्था र ब्यक्तिले दिनु भएको रकम र संस्थाको तर्फबाट रकम थप गरि भोलिनै NRNA केन्द्रिय परोपकारि कोषमा १९,००,०००/- (उन्नाइस लाख) नेपाली बराबरको युरो पीडितहरुको लागि पठाउने निर्णय गर्दै सहयोग गर्नु हुनेहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै सधै यहाँहरुको साथ र समर्थनको विश्वाशका साथ यस कार्यले दु:खको समय सामान्य मलम लगाउने काम गर्नेछ ।
धन्यवाद !

 

गंगाधर गौतम 
अध्यक्ष 
गैर आबासीय नेपाली संघ, बेल्जियम ।

गैर आवासीय नेपाली संघ बेल्जियम को गत ०२ अप्रिल २०१७ को बैठकका निर्णयहरु

गैर आवासीय नेपाली संघ बेल्जियम को गत ०२ अप्रिल २०१७ बैठकका निर्णयहरु:-
***************************************************************************************
आज मिति २ अप्रिल २०१७ का दिन गैर आवसिय नेपाली संघ, बेल्जियमका पुर्ण बैठक अध्यक्ष श्री गंगाधर गौतमाको अध्यक्षतामा बेल्जियमको आन्त्रोपेन सहरमा बस्यो । बेठकमा केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, यूरोप सहसंयोजक प्रेम गुरुङ्ग, आईसिसी सदस्यहरु श्री जानकी गुरूड, नेत्र मगर , चिज कुमार श्रेष्ठ लगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा सल्लाहाकारहरुको उपस्थिति रहेको थियो । बेठकमा निम्न एजेण्डाहरुमा छलफल गरि निम्न निर्णयहरु गरियो ।
एजेण्डाहरुः–
१. अधिवेसन सम्वन्धमा ।
२. बेल्जियमको आन्त्रोपेन सहरमा हुन गईरहेको नेपाल महत्वसोव २०१७ को सम्म्वन्धमा ।
३. आर्थिक सम्वन्धमा ।
४. बिबिध ।

निर्णयहरुः–
१. बेल्जियमको आन्त्रोपेन सहरमा हुन गईरहेको नेपाल महत्वसोव २०१७ लाई भब्य र सभ्य बनाउनकोलागी चिनिया दुवालको संयोजकत्व रहने गरि जिम्मा दिने निर्णय भयो । क्षेत्रियरुपमा ब्रुजबाट कमल पन्थि, ब्रसेल्सबाट भिम सुबेदी, लुभेनबाट गोबिन्ध सिंह अधिकारीलाई जिम्मा दिने निर्णय भयो । जुलाईको दोश्रो हप्तामा शनिवार पर्ने गरि नेपाल महत्वसव गर्ने निर्णय गरियो ।

२. प्रस्ताव नं. २ गैर आवसिय नेपाली संघ, बेल्जियमको अधिवेसन अगष्ट १३ मा गर्ने निर्णय गरियो । सदस्यता नबिकरण तथा बितरणकोलागी प्रारम्भिकरुपमा अप्रिल १५बाट सुरु गर्ने निर्णय गरियो । सो कामको जिम्मा संघका उपाध्यक्ष पदम गुरुङ्गको संयजकत्वमा सदस्यहरुः– किष्ण पौडेल,योसदा सुबेदी, गोबिन्द अधिकारी,राकेश कर्माचार्य,चिनिया दुवाल,कमल पन्थि, पुर्ण तिमल्सिना, र क्रमश क्षेत्रीय संयोजकहरु सागर दास श्रेष्ठ, राम पुन, भिम सुबेदी, मिण्ड गुरुङ्ग, हरि भट्टराई, धर्म पाठक रहनु भएको छ । अन्य सहयोगीहरु अनिवार्य भएमा थप्न सकिने छ ।

३. आर्थिक सम्वन्धमा छलफल गर्दै अहिले सम्मका बिल भरपाईहरु जम्मा गर्दै आगामि बैठकमा पेस गर्ने निर्णय गरियो ।

४. बिबिधमा छलफल गर्दा एक देस, एक बर्ष, एक परियोजना अनुसार कार्यक्रम संचालन गर्न जुन महिनामा च्यारेटी डिनर कार्यक्रम संचालन गर्ने निर्णय गरियो । सो कार्यक्रमकोलागी आईसिसी सदस्य नेत्र मगरको संयोजकत्वमा आईसिसी सदस्य चिज कुमार श्रेष्ठ र जानकी गुरुङ्गलाई सहयोगी रहनु हुनेछ ।

गैर आबासिय नेपाली संघ बेल्जियम को ११औ बार्सिक साधारण सभाले पास गरेको बिधान २०१६ अनुसार समितिमा क्षेत्रगत तथा थप सदस्य र प्रबक्ता नियुक्ति सम्बन्धमा आगामी बैठक मा छलफल गर्ने निर्णय गरियो
धन्यवाद !


लोक दाहाल
महासचिव
गैर आवसिय नेपाली संघ, बेल्जियम ।

गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण सभामा उपस्थिति सम्पूर्णमा हार्दिक आभार तथा धन्यबाद - प्रेश बिज्ञप्ति

मिति २४ अक्टोवर २०१६ ।

गैर आवासीय नेपाली संघ बेल्जियमको साधरण सभामा उपस्थित तथा सम्पूर्ण  पंजीकृत/साधारण  सदस्यहरुमा हार्दिक आभार तथा धन्यवाद !

गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको छ । हाम्रो निमन्त्रणा लाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका का.वा राजदुत श्री घनश्याम भण्डारी, बिशिष्ट अतिथी गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत केन्द्रिय समितिका पदाधिकारीहरु, सल्लाहकार, केन्द्रिय सदस्य ज्युहरु, संस्थापक अध्यक्ष ज्यु, पूर्व तथा निबर्तमान अध्यक्ष ज्यु, बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्ष ज्यु तथा प्रतिनिधिहरु, पत्रकार मित्रहरु, कलाकार भाई-बहिनिहरुलगायत सम्पूर्ण उपस्थीत बेल्जियमबासी गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरु लगायत साधारण सभालाई भब्य एवम सफल बनाउन अहोरात्र खट्नु हुने समितिका पदाधिकारी, सल्लाहकार, सदस्य तथा बिभिन्न ब्यबस्थापन समितिका साथीहरुलाई संस्था र हाम्रो ब्याक्तिगत तर्फ बाट हार्दिक आभारका साथै धन्यवाद प्रकट गर्दछौं ।

गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण पंजीकृत सदस्यहरुले संस्थाले बर्ष भरी गरेको कार्य प्रगती प्रतिबेदन,  आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजक बाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधानको मुल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले बर्ष भरी गरेका सम्पूर्ण बैठक, भेला र छलफल बाट गरिएका सम्पूर्ण निर्णयहरुलाई एक मतले पारीत गरी दिनु भएकोमा यहाँहरु प्रती आभार प्रकट गर्दै गैर आवासीय नेपाली संघ  बेल्जियमका सम्पूर्ण पंजीकृत  सदस्यहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं ।

केहि सामजिक संजालमा र अनलाईन समचारमा संस्थामा भएको छलफलहरुलाई बिवाद भनि गरिएको प्रचारमा सत्यता नभएकोमा पनि सचेत रहन अनुरोध गर्दछौं । साथै एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ  बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ  बेल्जियम हार्दिक  अनुरोध गर्दछ ।

धन्यवाद !

गंगाधर गौतम                                                    लोक दाहाल

अध्यक्ष                                                             महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

गैर आवासीय नेपाली संघ बेल्जियम २५ सेप्टेम्बरको बैठकका निर्णयहरू

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा गत २५ सेप्टेम्बर २०१६ का दिन आन्त्रोपेंनमा बसेको कार्यसमितिको पूर्ण बैठकमा निम्न उपस्थिति रहयो साथै उक्त बैठकले तपशिलका एजेन्डाहरुमा छलफल गरी निर्णय गरियो  ।

अध्यक्ष - गंगाधर गौतम

उपाध्यक्ष - पदम गुरुंग

उपाध्यक्ष - कृष्ण पौडेल

उपाध्यक्ष - यसोदा थापा

महासचिव - लोक दाहाल

सचिव - गोबिन्द सिंह अधिकारी

सचिव - राकेश कर्माचार्य

कोषाध्यक्ष - आङ माया लामा

सह-कोषाध्यक्ष - हरीकुमार पाठक

महिला संयोजक - निर्मला बजगाई

यूवा संयोजक - चिनिया लाल दुवाल

सदस्य ब्रसेल्स - भीम सुवेदी

सदस्य ब्रूगे/ओशतंडे - पूर्ण  तिमील्सिना

सदस्य आन्त्रोपेंन - राजू के सी

सदस्य लुभेन - मिंड़ गुरुंग

सदस्य गेन्ट - कृष्ण पराजूली

सदस्य - होम गुरुंग

सदस्य - अहमद मियाँ

सदस्य - सागर सुब्बा

सदस्य - किरण शर्मा

सदस्य - कल्पना मगर

सदस्य - साबित्री गिरी

सदस्य - रेना बस्नेथ

सदस्य - मुना ताम्रकार

सदस्य - चित्र सुवेदी

सदस्य - सीता सापकोटा

सदस्य - सरस्वती चापागाई

सदस्य - कमल पन्थी

सदस्य - राम लामा

 

गैर आवसिय नेपाली संघको अभियान संसारका सबै जसो राष्ट्रहरुमा अति सम्मानित र नेपाल र नेपालीहरुको संबृद्धीकोलागी अगाडी बढेको सर्वबिदितै छ । गैर आवासी नेपाली हरूले गरेको योगदान संस्थाको उच्च सम्मान र मुल्याकंनले हामी प्रवासमा रहेका नेपालीहरूलाई नेपाल प्रति कर्तब्य बोध गराउदै नेपाली हरू को प्रगतिमा एक मार्ग दर्शक संस्थाको रुपमा बिकसित हुँदै गएको छ ।

गैर आवसिय नेपाली संघ, बेलिजयम संग जोडिएर सन २०१३ मा संपन्न एसेन्टा मेला र मेलामा भए गरेको गतिबिधिहरूले संसार भरका गैर आवासीय नेपालीहरुलाई चासो र चिन्ताको बिषय बनेको सबैमा बिधितै छ । एसेन्टा मेलामा भएका त्रुटी कमि कम्जोरीहरुलाई निक्र्योलमा पुर्याउने जिम्मेवारी बिगतमा रहेको गैर आवसिय नेपाली संघ  बेल्जियमको कार्य समिति र मेला आयोजक समितिको थियो । तथापि सो कार्यसमितिमा भएको गंभिर प्रकृतीको घटना बेवास्था गरिनु आपैमा दुखद कुरो हो । संस्थाको गरिमा र हितलाई मध्य नजर गरि स्वभाबिकरुप पुरानो समितिको राम्रा नराम्रा कार्यलाई यो कार्यसमितिले ग्रहण गरेको जानकारी गराउदछौं ।

आफ्नो संस्थागत जिम्मेवारी बहन गर्न बेल्जियम स्थित बिभिन्न संपुर्ण संघ संस्थाहरु, नेपाली समुदाय, अन्तराष्ट्रिय समिति, पत्रकार, बुद्धिजीवी एवं आम जनसमुदायको चासोलाई निवाकरण गर्न एनआरएन आईसिसि सदस्य जानकी गुरुङ्गको संयोजकत्वमा ९ सदस्यिय छानबिन समिति गठन गरि समितिले आफ्नो जिम्मेवारी तोकेको समय सिमा भित्र गैर आवसिय नेपाली संघ, बेल्जियमलाई बुझाउनु भएकोमा वहांहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । गैर आवसिय नेपाली संघ, बेल्जियमले उठान गरेको बिषयलाई नेपाल उद्योग बाणिज्य महासंघ, एसेनटा मेला गेण्ट , बेल्जियम २०१३ आयोजक समितिका संयोजक अर्जुन कुमार श्रेष्ठले फरक-फरक मितिमा सम्प्रेषित पत्रहरुले समितिको गंभिर ध्यानकर्षण गरेको थियो ।  पछिल्लो पटक समितिले मागेको स्पष्टीकरणमा आयोजकको तर्फबाट संयोजक अर्जुन कुमार श्रेष्ठले आत्म आलोचना गरि समाज र संस्थाको बिधि र गरिमालाई आत्म साथ गर्दै आगाड़ी बढ़ने प्रतिबद्धता साहितको लिखित पत्र प्राप्त भाएकोले आज मिति २५ सेप्टेम्बर का दिन गैर आवसिय नेपाली संघ, बेल्जियमको  आन्त्रोपेंन मा बसेको कार्यसमितिको पुर्ण बैठकले संबन्धित सरोकार वाला तत्कालीन गैर आवसिय नेपाली संघ, बेल्जियमका अध्यक्ष, मेला आयोजक समितिका संयोजक नेपाल उद्योग बाणिज्य महासंघका तर्फ बाट पूर्व अध्यक्ष एवं प्रतिनिधि कुश कुमार जोसीलाई आगामी दिन हरुमा पदिय ज़िम्मेवारी बहन गर्दा यस्ता गल्ती कमज़ोरी हरू नदोहोरींउन सचेत गराउदै पत्र पठाउने निर्णय गरियो।

आसेण्टा मेला छानबिन समितिको प्राप्त प्रतिवेदन र संयोजक अर्नुन कुमार श्रेष्ठबाट प्राप्त  प्रतिवेदन एवं लिखित पत्रहरु, छानबीन समिति बाट प्राप्त सबै समाग्रीहरू संस्थाको आन्तरिक संपत्तिकोरुपमा सचिवालयमा राखदै आगामी  बार्षिक साधरण २३ अक्टोबार २०१६ का दिन सम्पूर्ण पंजीकृत सदस्य हरूको सूचनाको हक़ लाई सुनिश्चित गर्न जानकारी को लागी आवश्यक परेमा समलगन समवन्धित सबै समाग्री हरू पढेर पढेर सुनाउने निर्णय गरियो ।

 

धन्यवाद !

लोक दाहाल

महासचिव

गैर आवासीय नेपाली संघ, बेल्जियम ।

सारिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भै दिन हुन अनुरोध बारे प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती

एन आर एन बेल्जियमका अध्यक्षज्यू तथा समितिका सम्पूर्ण सदस्य तथा पन्जिक्रित सदस्यज्यूहरु

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्षज्यूहरु

बेल्जियम स्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षज्यू तथा सदस्यज्यूहरु

स्वतन्त्र पत्रकारज्यूहरु ।

बिषय : सारिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भै दिन हुन अनुरोध ।

Accenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न, मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी सहित स्वतन्त्र छानबिन गरीकार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले अन्तिम चरणको काम गरी रहेको ब्यहोरा सन्बन्धित सबैलाई जानकारी गराउदछौ ।

सार्बजनीक रूपमा उठेका यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्बन्धित ब्यक्ति तथा संघ संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिले एन आर एनको बिधान र आचार संहिताको दायरामा रही नेपालसरकार, दूताबास, Accenta Fair का तत्कालिन आयोजक, बेल्जियम स्थित प्रत्यक्ष संलग्न नेपाली संस्था, तत्कालिन जिम्मेवारीमा रहेका सरोकारवाला ब्यक्तिहरु, मेलामा सहभागि ब्यापारिहरु लगायत सर्बसाधारण सँग बयान, सुझाब र सल्लाहहरु संकलन गरीसिफारिस सहितको प्रतिबेदन मस्यौदाको अन्तिम तयारीमा रहेको समेत सबैमा जानकारी गराइन्छ ।

Accentaa Fair मा नेपाली समुदायको तर्फबाट जिम्मेवारीमा रहेका तत्कालिन सँयोजक (तत्कालिन बेल्जियम एन आर एन आइ सि सि सदस्य) अर्जून कुमार श्रेष्ठज्यू, तत्कालिन सदस्य सचिब सालीक राम गौतमज्यू, तत्कालिन एन आर एन बेल्जियमका अध्यक्षप्रेम गुरुङज्यू, नेपाली ब्यबसायी संघका निबर्तमान अध्यक्ष हरी कुमार थपलियाज्यू र बर्तमान अध्यक्ष सि पि भट्टज्यू (वा प्रतिनिधि)हरुलाई समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भै पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको रआर्थिक पारदर्शिता संबन्धमा सप्रमाण आफ्ना कुराहरु राखी दिन अन्तिम अनुरोध गरिन्छ । एन आर एन बेल्जियमद्वारा गठित यस् छानबिन समितिले यस प्रकृयालाई बेल्जियम स्थित सबै संघ संस्थाहरु र नेपाली समुदायबाट रचनात्मक सहयोगको अपेक्षा गरेको छ।

(नोट : Accenta Trade Fair का तत्कालिन सँयोजक अर्जून कुमार श्रेष्ठद्वारा नेपाल जानु पर्ने पारिवारिक कारण देखाइ ६ जुलाईको कार्यक्रममा उपस्थित हुन नसक्ने र सुनुवाईको मिति पछी सार्न अनुरोध गर्नु भएकोले, ब्यबहारिकता हेरी सार्वजनिक सुनुवाईकोकार्यक्रमको मिति निम्नानुसार सारिएको छ ।)

सार्वजनिक सुनुवाईको लागि मिति ठेगाना :

मिति : १७ जुलाई २०१६ आईतवार

समय : बिहान ११ बजे

स्थान : Brasserie Oud Leuven (In front of Train Station)

Tiensevest 12

3000 Leuven

जानकी गुरुङ

संयोजक

Accenta Investigation Comittee

गैर आबासिय नेपाली संघ बेल्जियम ।

मिति : ४ जुलाई २०१६

 

More Articles...

Page 1 of 6

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  Next 
  •  End 
  • »

बेल्जियम समाचार

बिचार तथा विश्लेषण